वडास्तरमा सहायता कक्ष स्थापनाका लागि १० वटा वडामा अभिमुखिकरण

राजापुर । राजापुर नगरपालिकाका १० वटा वडाहरुमा वडा स्तरिय नागरिक सहायता कक्ष सम्बन्धित अभिमुखिकरण गरिएको छ ।

जनताहरुलाई सुचना सम्प्रेषण भएमा मात्र सहायता कक्षको दिगोपना उदेश्यमुलक र सार्थक रहने उद्देश्यले वडा स्तरिय नागरिक सहायता कक्ष सम्बन्धित १० वटा वडाका जनप्रतिनिधिहरुलाई मंसिर ११ देखि १६ गते सम्म अभिमुखिकरणमार्फत आवशयक जानकारी प्रदान गरिएको हो ।

USAID तयार नेपालको आर्थिक तथा प्राबिधिक सहयोग, राजापुर नगरपालिकाको समन्वयमा गेरुवा ग्रामिण जागरण संघ बर्दियाद्वारा संचालित कोभिड १९ प्रतिकार्य परियोजनामार्फात राजापुर नगरपालिका कार्यालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । त्यसका लागि आवश्यक सामाग्री समेत गेरुवाले प्रदान गरेको छ ।

सहायता कक्षको अवधारणालाई नगरपालिकाले नगर स्तर र वडास्तरमा समेत स्थापना गर्दै विपद व्यवस्थापन समिति तथा उपसमितिहरुलाई परिचालन गरी सूचना अधिकारीमार्फत समय सापेक्ष विपद जोखिम न्यूनिकरणका सूचनाहरु संप्रेषण गरी जनताको सुसुचित हुने अधिकारलाई सुनिश्चित, दिगोपनाका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको गेरुवाले जनाएको छ ।

Previous articleसरसफाई कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग
Next articleएक ट्याक्टर चिनिसहित ३ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here