नेपालगञ्ज । भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको ठूलो परिमाणको चिनि सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भन्सार छलेर ट्याक्टरबाट भित्र्याइएको सो चिनि बरामद गरिएको हो । चिनिसंगै तीन जना पक्राउ समेत परेका छन् । चिनिको परिमाण कति छ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार उक्त ट्याक्टरमा ६० बढी बोरा चिनि रहेको खुलेको छ ।
मुख्य नाकामा प्रहरीले कडाइ गरेपनि चोर बाटोबाट भने तस्करहरुको मिलेमत्तोमा अवैध धन्धा चलिरहेको छ । सशस्त्र प्रहरीबीच मै सेटिङ नमिलेपछि चिनि घटना बाहिरिएको स्रोतले बताएको छ । थप विवरण आउन बाँकी छ ।





