स्कुल बसको ठक्करबाट बाँकेको ढकेरीमा एक युवकको मृत्यु

नेपालगञ्ज । बाँकेको ढकेरीमा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । कोहलपुरबाट जाँदै गरेको स्कुल बसले ढकेरीमा ठक्कर दिँदा एक युवकसँगै करिब डेढ दर्जन बाख्रा मरेका छन् ।

बिहीबार अपरान्ह ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले ढकेरी पुलमा ठक्कर दिँदा १८ वटा बाख्रा र २५ वर्षीय एक युवकको मृत्यु भएको छ ।

स्कुल बस कोहलपुर नगरपालिका वडा नं–१२ स्थित ज्ञान कुञ्ज माध्यमिक बिद्यालयको रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने घट्नाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Previous articleनापीका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Next articleस्रोत नखुलेको ठुलो मात्राको रकमसहित नेपालगञ्जबाट पाँच जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here