नापीका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालगञ्ज । ४ लाख घुससहित पक्राउ परेका नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले यादवसँगै मालपोत कार्यालयका खरिदार मोतीराम सुवेद र आरबी लेखापढी सेन्टरका सञ्चालक रामबाबु भुजेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले जग्गा हाल साबिक गराउनका लागि ४ लाख रुपैयाँ घुस लिएको आरोपमा त्यति नै रकम बिगो राखेर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नापी र मालपोतका कर्मचारी तथा लेखापढी कानुन व्यवसायीको मिलेमतोमा जग्गा हाल साबिक गरेको र काम सम्पन्न भएपश्चात ४ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

Previous articleआजदेखि एसईईको पूरक परीक्षा संचालन
Next articleस्कुल बसको ठक्करबाट बाँकेको ढकेरीमा एक युवकको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here