कोहलपुर र बैजानाथको बजारका पसलमा अनुगमन

कोहलपुर । जिल्लाको दुई वटा स्थानीय तहमा रहेका पलसहरुमा शुक्रबार अनुगमन गरिएको छ । बजार अनुगमन समितिले शुक्रबार कोहलपुर नगरपालिका तथा बैजनाथ बजार क्षेत्रका विभिन्न पसलहरुमा अनुगमन गरेको हो ।

समितिले गरेको अनुगमनका क्रममा म्याद नाघेका बस्तुहरु समेत पसलमा राखेको भेटिएको छ । भेटिएका उक्त बस्तुहरु समितिले तत्कालै नष्ट गरेको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिनुभयो ।

दुबै स्थानीय बजारमा रहेका डेरी उद्योग र पसलहरुको अनुगमन गरिएको थियो । सो क्रममा खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ४ हजार २ सय रुपैयाँ भन्दा बढिको दुध एवं दुग्धजन्य पदार्थ नष्ट गर्न लगाइएको हो ।

यस्तै लेवलिङ्ग तथा प्याकेजिङ्ग गरेर मात्र दुध एवं दुग्धजन्य पदार्थको उत्पादन र बिक्री वितरण गर्न निर्देशन दिइएको सूचना अधिकारी चौलागाईले बताउनुभयो ।

Previous articleवैवाहिक वर्षगाठको अवसरमा स्वास्थ्यकर्मीद्धारा निलसागरमा सहयोग
Next articleनेपालगञ्जका स्वास्थ्य स्वयमसेविका सम्मानित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here