
नेपालगञ्ज । नेपालगञ्जका स्वास्थ्यकर्मीले आफ्नो बैवाहिक वर्षगाठको अवसरमा बृद्धाश्रमलाई सहयोग गरेका छन् । नेपालगञ्ज उपमहानगपालिका स्वास्थ्य शाखामा कार्यरत स्वाथ्यकर्मी तेजबहादुर ओलिले बिहीबार आफ्नो ९ औं बैवाहिक वर्षगाठको अवसरमा निलसागर असाहाय असक्त तथा बृद्धाश्रमलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।
वार्षिक उत्सवका अवसरमा गरिने ठुला पार्टी तथा खानपीन कार्यक्रमहरु नगरेर समस्या रहेको ठाउँहरुमा सहयोग गनुपर्ने उहाँको भनाई छ । सोही कुरालाई मनन गरी असाहाय तथा असक्त सेवा आश्रमलाई सहयोग गरेको उहाँले बताउनुभयो ।
स्वाथ्यकर्मीले ओलिले आफ्नो धर्मपत्नि पुष्पा खत्री ओलिका साथ सेवाआश्रम पुगेर २५ केजी चामल, ५ केजी दाल, २ क्यारेट अण्टा, ६० पिस बिस्कुट तथा २ केजी दालमोट सहयोग गर्नुभएको छ ।
कोरोना महामारीका कारण धेरै मानिसहरुलाई जीवनयापनमा समस्या निम्तिाएको छ ।
दैनिक रुपमा काम गरेर खाने मान्छेलाई त कोरोना जीवन गाह्रो बनाएको अवस्थामा अरुको सहारामा जो बाँचिरहेका छन् उनीहरुलाई त झनै बाच्न कठिन बनेको छ । धेरै व्यक्तिहरुले जन्मदिन, बैवाहिक वर्षगाठ जस्ता उत्सवका अवसरमा गरिने अनाश्यक खर्चहरुलाई कटौती गर्दै समस्यामा रहेका, जीवन निर्वाह गर्न गाह्रो भएका तथा आश्रम जस्ता ठाउँमा सहयोग गरिए, त्यो एकदमै राम्रो कार्य हुनेछ ।





