
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १४ जना खेलाडीलाई जनही ३ लाखका दरले दिने निर्णय गरेको हो ।
यसका साथै मुख्य प्रशिक्षकलाई २ लाख, व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार दिने निर्णय गरेको छ ।





