आफु अपहरणमा परेको सूचना दिने एक व्यक्ति पक्राउ

नेपालगञ्ज । बाँकेमा आफु अपहरणमा परेको सूचना दिने व्यक्ति पक्राउ परेका छन् ।

आफु अपहरणमा परेको सूचना दिने व्यक्ति नेपालगञ्ज वडा नं-११ का २६ वर्षीय भरत तिवारीलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।

तिवारी अपहरणमा परेको सूचना जिल्ला प्रहरी कार्यालय बाँकेले पाउनेबित्तिकै खोजतलासमा प्रहरी खटायो ।

सो क्रममा तिवारीले प्रयोग गर्ने मोटरसाईकल नेपालगञ्ज वडा नं-२ न्यूरोडबाट फेला प¥यो ।

प्रहरीले मोटरसाईकल फेला पारेसँगै तिवारीको पनि खोजतलास जारी नै राख्यो ।

सो क्रममा अपहरणमा परेका तिवारीलाई समेत प्रहरीले जिल्लाको डुडुवा गाउँपालिका वडा नं-५ बाट फेला पा¥यो ।

घट्ना यही साउन ३० गते रातीको हो । सो दिन रातको ८ः ३० बजेको समयमा तिवारी अपहरणमा परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सूचना लगत्तै खटिएको प्रहरीले तिवारी र उनले चड्ने मोटरसाईकल फेला पा¥यो । तर जब प्रहरीले घट्नाको अनुसन्धान ग¥यो अचम्म त्यतिबेला भयो ।

तिवारी आफैले आफु अपहरणमा परेको सूचना साथीहरुलाई दिएका थिए ।

तिवारीले आफ्नो मोबाईलमा ३ वटा फेक आइडी बनाएर साथीहरुलाई आफु अपहरणमा परेको जानकारी दिएको भेटिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

प्रवक्ता डाँगीका अनुसार आफु अपहरणमा परेको अफहवाह फैलाउने तिवारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान एवं कारवाही पक्रिया अगाडी बढाईएको छ ।

Previous articleकाभा वुमन्स खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने
Next articleराप्ती नदी सिधनिया घाटमा गंगा महाआरती हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here