साफ यू-२० च्याम्पियनसिप : नेपालद्वारा श्रीलंका पराजित

काठमाण्डौं । साफ यू-२० च्याम्पियनसिपमा आज (आइतबार) बाट सुरू भएको छ । दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १-० गोलको जित निकालेको हो। नेपालको जितमा निराजन धामीले गरेको गोल निर्णायक सावित भयो । उहाँले खेलको २४ मिनेटमा डिबक्स भित्रबाट सशक्त प्रहार गर्दै गोल पोस्टको दिशा दिनुभएको थियो ।

खेलमा नेपाली फरवार्ड पाएका अवसरमा पटक पटक चुकेको थिए । समिर तामाङले दुई सुन्दर अवसर खेर फाल्नुभयो । यस्तै अनिल बम्जन पनि प्राप्त अवसरमा सफल हुन सक्नुभएन ।

खेलको अन्तिम मिनेटमा निराजन धामीको प्रहार क्रस बारमा लाग्दा नेपालले अग्रता दोब्बर बनाउने अवसर गुमेको थियो । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

अब नेपालले समूहको दोस्रो खेलमा बिहीबार बंगलादेशसँग खेल्नेछ । भोलि अर्को समूहको खेलमा भारत र भुटानबीच खेल हुनेछ ।

Previous articleराष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा रक्तदान
Next articleराप्ती स्वास्थ्य विज्ञानमा अब एमबीबीएस अध्ययन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here