राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा रक्तदान

खजुरा । बाँकेको खजुरामा रहेको सुशील प्रखर क्यान्सर अस्पतालमा आयोजित कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँकेले शनिबार आयोजना गरेको कार्यक्रममा २२ जना युवाहरु रक्तदान गरि सहभागि भएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका क्षेत्रीय अध्यक्ष तारा सिंह थारु, संगठन बाँकेका अध्यक्ष युवराज शाही लगायतले रगत संकलन गर्ने प्याकेट नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार इकाई सेवा केन्द्र खजुराका प्रमुख होमराज गिरीलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

शाहीको अध्यक्षता तथा सुमन पौडेलको संयोजकत्वमा भएको सो कार्यक्रममा इकाई सेवा केन्द्र खजुराका प्रमुख गिरी, महेश राना क्षेत्री, पुनम राना, शंकर पुन, श्रृष्टि गौतम, शर्मिला रोकायाले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

Previous articleथाकसको आगामी योजनाहरु सार्वजनिक
Next articleसाफ यू-२० च्याम्पियनसिप : नेपालद्वारा श्रीलंका पराजित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here