
नेपालगन्ज । नेपालगन्जको गगनगन्ज वडा नम्बर-७ पीपल चौतारा नजिक रहेको श्रीराम जानकी मन्दिरको प्राङ्गणमा शनिबारदेखि संगीतमय श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शुरु भएको छ।
ज्ञान यज्ञको कार्यक्रम कथा व्यास श्री बाल्कानन्द जी महाराज “भरत तिवारी”को मुखारविन्द द्वारा प्रतेकदिन दिउँसो १ बजेदेखि साझ ५ बजेसम्म श्रावण गर्न सकिने आयोजक नाग परिवारले बताएका छ्न ।
यही मंसिर २० गतेदेखि सप्ताहव्यापी शुरू भएको यस ज्ञान यज्ञको कार्यक्रम मंसिर २७ सम्म विभिन्न संस्कृतिक कार्यक्रमको साथै समापन हुनेछ भनिएको छ।
ज्ञान यज्ञ कार्यक्रमको प्रथम दिन शनिबार बिहान् ८बजे कलश यात्रा भागवत कथा,मंगलवार दिउँसो १ बजेदेखि ६ बजेसम्म भगवानको जन्मोत्सव तथा लावाको कार्यक्रम गरिनेछ।
यसैगरी रुकमणि विवाह, सुदामा चरित्र कथा शुक्रबार गरिने वा शनिबार पुर्णाहुती ८ बजेदेखि ११ बजेसम्म तथा विशाल भण्डारा ४ बजेदेखि हरि इच्छा सम्म चल्ने आयोजक नाग परिवारले बताएका छ्न ।





