याेग समितिद्वारा साधु-सन्तलाई फलफुल बितरण

नेपालगन्ज । नेपालगन्जस्थित हडिया बाबा मन्दिरमा याेग तथा फलफुल बितरण गरिएको छ ।

बाँके आराेग्य स्वास्थ्य सचेत नागरिक याेग अभियानका क्रममा नेपालगन्जको हडिया बाबा मन्दिरमा साेमबार याेग तथा फलफुल बितरण गरिएको हाे ।

याेग समिति नेपाल बाँकेले त्यहाँ उपस्थित साधु सन्त, महन्त तथा गुरूहरूकाे उत्प्रेरणा लिने क्रममा याेग अफियानमार्फत साेमबार फलफुल बितरण गरेकाे छ ।

कार्यक्रममा बाेल्दै हडिया बाबा मन्दिरका अध्यक्ष एवं याेग समितिका सल्लाहकार नन्दलाल बैश्यले निराेगी बन्नका लागि नियमित याेग अभ्यास जरूरी रहेकाे बताउनुभयाे ।

साथै याेग साधु सन्तसंग जाेडिएकाे र उहाँहरूसंग रहेकाे ज्ञान लिन आवश्यक रहेकाे बताउनुभयाे । कार्यक्रममा सल्लाहकारद्वय बिश्वजित तिवारी र राजन रानामगर, याेग प्रचारक डिला शाह, समितिका अध्यक्ष एवं याेग गुरु गिरीराज शर्मा लगायकाे उपस्थित रहेकाे उपाध्यक्ष सुमित्रा शुवेदीले जानकारी दिनुभयो ।

अभियानका क्रममा मन्दिरकाे सरसफाइ, याेग अभ्यास र ३ सय जनालाई फलफूल बितरण गरिएकाे छ ।

Previous articleनेपालगन्जमा श्रीमद भागवत कथा सप्ताह ज्ञान यज्ञ शुरू
Next articleखजुरा लैजान लागेको एक ट्याक्टर सुर्ति बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here