टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीलाई आग्रह

काठमाण्डौ । दाङका राजनीतिक दलका नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवम् निजी क्षेत्रका प्रतिनिधिले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नति गर्न माग गरेका छन् ।

जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे नेतृत्वकर्ताहरुले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउँदै टरीगाउँ विमानस्थल स्तरोन्नति गरिदिन माग गरेका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, सङ्घीय सांसदहरू दीपक गिरी र मेनका पोखरेल, एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डे, तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायतले सो माग प्रस्तुत गर्नुभएको हो ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले उक्त विमानस्थल स्तरोन्नतिका साथै लमही–घोराही–तुल्सीपुर सडक विस्तारका काममा सरकारले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Previous articleखजुरामा हुने तीज महोत्सवलाई भब्य बनाइने
Next articleतालिबानमा नयाँ कानुन लागू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here