कोहलपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

नेपालगञ्ज । बाँकेको कोहलपुरमा शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनमा एक जना घाइतेसमेत भएका छन् ।

शनिबार बिहान करिब साढे तीन बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर ११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुर्घटनामा मोटरसाइकल चालक कोहलपुर नगरपालिका वडा नम्बर १० निवासी भूपेन्द्र सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सो दुर्घटनामा परि सुनार र मोटरसाइकलमा सवार सुर्खेत लेकबेसी नगरपालिका वडा नम्बर ३ राताटार घर भई हाल सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक लालबहादुर सुनार गम्भीर घाइते हुनुभएको हो ।

उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्‍याएकोमा भूपेन्द्र सुनारको उपचारको क्रममा मृत्यु भएको थियो । घाइते सशस्त्र प्रहरी लालबहादुरको शिक्षण अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।

Previous articleबाँकेमा डेंगु र स्क्रवटाइफसको सङ्क्रमण बढ्दै
Next articleचीनमा शक्तिशाली समुद्री आँधी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here