चीनमा शक्तिशाली समुद्री आँधी

बिबिसी । चीनको हाइनान प्रान्तमा एउटा शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा दुईजनाको मृत्यु भएको छ भने ९० जना भन्दा धेरै घाइते भएका छन् ।

‘यागी’ नामक उक्त ‘सुपर टाइफून्’ले सडकहरू जलमग्न बनाएको थियो भने विद्युत् आपूर्तिमा अवरोध निम्त्याएको थियो । आँधीको वेग प्रतिघण्टा २३० किलोमिटरभन्दा माथि रहेकाले कैयौँ रुखहरू पनि ढलेका थिए।

यस दक्षिण चीनमा एक दशकयताकै सर्वाधिक शक्तिशाली समुद्री आँधी हो । हाल उक्त आँधी उत्तरी भियतनामतर्फ अघि बढेको छ। ुयागीुले उत्तरी फिलिपिन्समा यसै साता ठूलो क्षति पुर्‍याएको थियो ।

आँधी आए यता उसले आफ्नो शक्तिलाई दुई गुणाले बढाएको छ । चीनको दक्षिणमा पर्ने एउटा लोकप्रिय पर्यटकीय टापुमा उक्त भीषण आँधी र वर्षाले सबैभन्दा धेरै असर गरेको छ।

हाइनान टापुको उत्तर पूर्वमा अवस्थित वेनचङ सहरलाई यागीले २२३ किलोमिटर प्रतिघण्टा हावाको वेगले शुक्रवार स्थानीय समय अनुसार ४ बजे प्रहार गरेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१४ को रमासुन समुद्री आँधीले ४६ जनाको ज्यान लिएको थियो । त्यसयता हाइनानलाई प्रभावित तुल्याएको सर्वाधिक शक्तिशाली समुद्री आँधी यागी हो ।

चीनको मौसम विभागले शरद् ऋतुमा तटसम्म आइपुगेको सबैभन्दा शक्तिशाली समुद्री आँधी यागी भएको उल्लेख गरेको छ ।

Previous articleकोहलपुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते
Next articleबहेलीया चिडिमार विकास समाजको अध्यक्षमा पुनः रामु चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here