
नेपालगञ्ज । बहेलीया चिडिमार विकास समाज बाँकेको अध्यक्षमा पुनः रामु चिडिमार सर्वसम्मत चयन हुनुभएको छ । संस्थाको दोश्रो अधिवेशनले रामुको अध्यक्षतामा १५ सदस्सीय नयाँ समिति चयन गरेको हाे ।
नेपालगञ्ज उपहानगरपालिका वडा नम्बर १२ को सभा हलमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत निर्वाचितहरूमध्ये उपाध्यक्षमा तिरथ चिडिमार, सचिवमा सुकराम चिडिमार, सहसचिवमा विनिता चिडिमार र कोषाध्यक्षमा हौसीलाल चिडिमार चयन हुनभएकाे छ ।
यसैगरी समाजको सदस्यहरुमा क्रमशः लल्लुराम चिडिमार, फुलंगी चिडिमार, सुनिता चिडिमार, अनुशा चिडिमार, सरस्वती चिडिमार, दुर्गा चिडिमार, अर्जुन चिडिमार, विक्की चिडिमार, आरती चिडिमार र परशुदीन चिडिमार रहनुभएकाे छ ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले चिडिमार समुदायको सशक्तिकरणका लागि समाजको भूमिका महत्वपूर्ण हुने विश्वास ब्यक्त गर्नुभयाे ।
बहेलीया समाजले गर्ने कार्यहरुमा नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक सहयोग तथा सहकार्य गर्ने मेयर बिष्टको प्रतिबद्धता थियो ।
यसैगरी कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडाअध्यक्ष तरुण कुमार बज्राचार्यले चिडिमार समाजमा सचेना फैलाउन नयाँ समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभयाे ।
उहाँले अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्दै वडाले आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता गर्नुभयाे ।
कार्यक्रममा उच्च बार एसोसिएसनका अध्यक्ष चित्र बहादुर शाही, गैरसरकारी संस्था महासँघ नेपाल बाँकेका सचिव सुर्यलाल यादव लगायतले बोल्नुभएकाे थियाे ।
बहेलिया चिडिमार समाज बाँके समाजमा बिद्यमान अन्धविश्वास तथा कुरीतीहरुको अन्त्यका लागि सचेतना अभिबृद्धी गर्दै समाज विकासका लागि काम गर्ने उद्धेश्यले २०६६ सालमा स्थापना भएको थियो ।





