जनमतको ६१ औं श्रृङ्खलामा रक्तदान

नेपालगञ्ज । जनमत अर्ध साप्ताहिक पत्रिका र ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.को संयुक्त आयोजना तथा नेपाल स्वयंम्सेवी रक्तदाता समाज बाँकेको समन्वयमा शुक्रवार भएकाे त्रैमासिक रक्तदानमा पत्रकार, व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी लगायत नियमित स्वयंम्सेवी रक्तदाता ३ महिलासहित ४० जनाले रक्तदान गरेका छन् ।

नेपाल स्वयंम्सेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि का अध्यक्ष महादेव सिंह ठकुरी र जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा र होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो ।

सो अवसरमा “त्रैमासिक जनमत रक्तदान कार्यक्रम”मा प्रबन्धक रण बहादुर शाहीले समेत हस्तान्तरण गर्नु भएको थियो । जनमतको रजत वर्ष २०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ६१ औं श्रृङ्खलामा रक्तदान गरिएको हाे ।

रक्तदान गर्नेहरुमा रक्तदाता समाज बाँकेकी अध्यक्ष शाह, राप्तीसोनारी गाउँपालिका वार्ड नं-६ का वडाध्यक्ष लवराज खरेल, रक्तदाता समाज राप्ती सोनारी उपशाखाकी उपाध्यक्ष अमृता केसी, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल, पत्रकार खम्ब प्रसाद पुन, साहित्यकार असफाक संघर्ष (जसगढ), नियमित स्वयम्सेवी रक्तदाताहरु नेपाल स्वयंम्सेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, सदस्य होमराज गिरी, लक्ष्मण कुमार वैश्य, निरजमान श्रेष्ठ, दिनेश प्रसाद तमोली, गौतम प्रसाद पौडेल, विनोद कुमार वैश्य, पवनकुमार वैश्य, राम सोहन सोनकर, सुर्खेत वीरेन्द्रनगरका विद्यार्थी समन्त भद्र शाक्यले रक्तदान गर्नुभयो ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगञ्ज उपमहानगरपालिकाका उपाध्यक्ष विष्णु प्रसाद खनाल, धर्मेन्द्र कुमार वर्मा, मनिष श्रेष्ठ, स्वास्थ्यकर्मीद्वय टिकाराम खनाल, जवाहर लाल वर्मा, राम कुमार बढही, रवि परियार, सुष्मिता शाह, विशाल सन्तोषी, उमेश थारु, आशीष थारु, राम कुमार बढही, शिवलाल थारु, भगवान शरण यादव, रुस्तम अली दर्जी, दिवाकर पौडेल, दिपेन्द्र उपाध्याय, अमिथ बोहराले रक्तदान गर्नुभयो ।

सो अवसरमा ग्रेस एण्ड ग्लोबलका सञ्चालक तथा कर्मचारीहरु विवेक पराजुली, रुपेश चौधरी, दिपक कुमार हरिजन, वाहिद अलि हलवाई, राजेन्द्र थारु, इसराफील साई, प्रणित थापाले रक्तदान गर्नुभयो । सो अवसरमा रक्तदाताहरुलाई ग्रेसका अध्यक्ष ठकुरी र सञ्चालक शाहीले टिसर्ट वितरण गर्नुभएको थियो ।

कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख रेग्मीको नेतृत्वमा सापकोटा, गिरी, सञ्जय बढही, वीरेन्द्र योगी र महेश सञ्ज्यालले प्राविधिक र अन्यमा निखिल जायसवालले सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका सदस्य कमल कार्की, नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष किरण कार्की लगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुन सक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ ।

त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

Previous articleमृतक परिवारलाई २६ लाख क्षतिपूर्ति दिन शिक्षण अस्पताललाई उच्चको आदेश
Next articleदुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here