आगलागी हुँदा गोठमा रहेको चार लाख नष्ट

दाङ । रोल्पाको थबाङमा एक गोठमा आगलागी हुँदा नगद चार लाख रूपैयाँ जलेर क्षति भएको छ ।

थबाङ गाउँपालिका– ४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको गोठमा आगलागी हुँदा चार लाख नगद जलेको हो ।

ढुंगा र माटोले बनेको, खरले छाएको गोठमा बुधबार दिउँसो साढे १ बजेतिर आगलागी भएको थियो ।

नोटहरूको आधा भाग जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिनुभयो ।

आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

चुलोमाथि दाउरा सुकाउन राखेको समयमा सोहीबाट सल्किएर आगलागी भएको शाहीले बताउनुभयो । आगलागी हुँदा घरका सदस्य भने मेलापात गएका थिए ।

Previous articleनेपाल पत्रकार महासंघको निर्वाचन स्थगित
Next articleसहकारी ठगी : छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here