बाँके प्रहरीको ठुलो सफलता, दश करोड बढी राजश्व संकलन

नेपालगञ्ज । बाँके प्रहरीले आर्थिक वर्ष २०८०/०८१ मा १० दश करोड बढी राजश्व संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याँक अनुसार बाँकेमा आर्थिक वर्ष २०८०/०८१ मा प्रहरीद्धारा भएको विभिन्न कारवाहीबाट १० दश करोड २६ लाख १२ हजा ३ सय ८४ रुपैया राजश्व संकलन गरेको हो ।

यसरी प्रहरीद्धारा भएको विभिन्न कारवाही अन्तर्गत सबैभन्दा बढी अबैध भन्सारका सामानहरुबाट संकलन गरेको छ । अबैध भन्सार कारवाही अन्तर्गत प्रहरीले नियन्त्रणमा लिएको विभिन्न सामानहरुबाट ४ करोड ५५ लाख ४ हजार ६ सय ४३ रुपैया संकलन गरेको छ ।

यस्तै ट्राफिक कारवाहीबाट २ करोड ६५ लाख ७६ हजार ५ सय रुपैया राजश्व संकलन गरेको छ । नदिजन्य पदार्थ दोहनबाट ४ लाख १० हजार, स्रोत नखुलेको १ करोड ६४ लाख २८ हजार ३ सय, फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरेर १ करोड ९३ हजार ९ सय २६ रुपैया राजश्व संकलन गरेको छ ।

यसैगरी हुण्डि कारोबारबाट २४ लाख ६२ हजार ३ सय १५ रुपैया, अबैध ब्रोईलर कुखुराबाट ११ लाख ३६ हजार ७ सय रुपैया संकलन गरि सम्बन्धित निकायमा दाखिला गरेको बाँके प्रहरी प्रमुख तुल बहादुर कार्कीले जानकारी दिनुभयो ।

Previous articleसाढे ३ किलो चरेशसहित दुई जना पक्राउ
Next articleनेपालगञ्जको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here