साढे ३ किलो चरेशसहित दुई जना पक्राउ

कैलाली । कैलालीमा साढे ३ किलो चरेशसहित दुई जना पक्राउ परेका छन् । कैलालीको गौरिगंगा नगरपालिका नं-८ बडैपुरबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

बझाङ केदारस्युँ गाउँपालिका नं-६ बस्ने २३ वर्षीय गोविन्द धामी र धनगढी उपमहानगरपालिका नं-३ मा बाजुरा होटल संचालक ४१ वर्षीया मनमति ऐडि रावत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धामीलाई शंका लागेर जाँच गर्दा झोलाबाट २ किलो ७४० ग्राम चरेश बरामद भएको थियो ।

अनुसन्धानकै क्रममा प्रहरी बझाङ होटलमा पुग्दा त्यहाँबाट थप ७४० ग्राम चरेश फेला परेको थियो । उनीहरू दुबै जनालाई चरेशसहित पक्राउ गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Previous articleराप्तीसोनारीमा झोल मल तथा जैविक विषादी अभियान
Next articleबाँके प्रहरीको ठुलो सफलता, दश करोड बढी राजश्व संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here