
नेपालगञ्ज । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा जिल्लामा दुई जनालाई नागरिक सम्मान प्रदान गरिएको छ । दिवस तथा बागेश्वरी असल शासन क्लबले आफ्नो २० औं बार्षिकोत्सबको अवसरमा बुधबार नेपालगञ्जमा जिल्लाका दुई जनालाई नागरिक सम्मान प्रदान गरेको हो ।
जिल्लामा उत्कृष्ट कार्य गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्सेर राणा र बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गलाई नागरिक सम्मान प्रदान गरिएको हो । यस्तै बाँकेमा रही कोभिड–१९ न्यूनिकरणमा उत्कृष्ट कार्य गरे बापत जिल्ला कोभिड–१९ फोकल पर्सन नरेश श्रेष्ठलाई समेत सम्मान गरिएको छ ।
यसैगरी भ्रष्टाचार बिरुद्धको अभियानलाई जिल्ला स्तरमा सशक्त रुपमा अगाडी बढाएका बासका बाँके रुपन्देही र स्याङजा गरी उत्कृष्ट ३ शाखालाई समेत सम्मान गरिएको छ । सम्मानित शाखाहरुले क्रमशः नगद पाँच हजार, तीन हजार र दुई हजार र सम्मान पत्र प्रदान गरिएको छ ।
त्यस्तै आन्तरिकतर्फ बासका प्रशासन सहायक रुपा चौधरी, हेल्प डेस्कतर्फ नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत सहजकर्ता सिन्धु धर्कत्वा र राप्ती सोनारी गाँउपालिकामा कार्यरत बिनक लाल थारुलाई उत्कृष्ट कर्मचारीको रुपमा तथा शुसिला थारु र आशिष गुप्तालाई उत्कृष्ट स्वयम् सेवकको रुपमा सम्मान गरेको छ ।





