बर्दियाका २ सय ४० जनालाई स्वरोजगार बनाउन तालिम दिईने

मुरली गोडिया
गुलरिया
-बर्दियाका २ सय ४० जनालाई स्वरोजगार बनाउन तालिम दिइने भएको छ । युरोपियन युनियनको फन्डमा ब्रिटिश काउन्सिलको व्यवस्थापनमा दक्षता परियोजना अन्तर्गत मागमा आधारित व्यवसायिक सीप साझेदारी कार्यक्रमको जिल्ला परामर्श बैठक सम्पन्न भएको छ ।

युसेप नेपाल र वल्र्ड भिजन एडभोकेसी फोरमको साझेदारीमा संचालित कार्यक्रम बर्दियाको मधुवन नगरपालिकाकी उपप्रमुख शुबरानी थारुको उपस्थितिमा बुधबार सकिएको छ ।

बर्दियाका २ सय ४० जनालाई स्वारोजगार बनाइने उद्धेश्य राखिएको युसेप नेपाल बर्दिया शाखाका जिल्ला संयोजक रमेश कुमार चौधरीले जानकारी दिनु भयो ।

पछिल्लो समय युवाहरु रोजगारी नपाएर बाहिर जान बाध्य भएका छन । भने कतिपय युवाहरु शैक्षिक योग्यता भएपनि उनिहरुले योग्यता अनुसारको काम नपाएको गुनासो बढ्दै गएको छ । सोही कुरालाई पनि मध्यनजर गरी ३ महिने तालिमको अयोजना गर्न लागिएको जिल्ला संयोजक चौधरीको भनाई छ ।

अन्य पालिकामा तालिमको छनौट भइसकेपनि मधुवन नगरपालिका, राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकामा बाँकी रहेकाले संस्थाले संचालन गर्न लागेको विभिन्न तालिमका सन्दर्भमा छलफल गरिएको हो ।

स्थानिय युवा युवतीलाई प्रविधि सीप प्रदान गरि उनीहरुलाई स्वरोजगार बनाउने उद्धेश्यले जिल्लाका २ सय ४० जनालाई स्वरोजगार बनाइने उद्धेश्य राखिएको युसेप बर्दियाका जिल्ला संयोजक रमेश कुमार चौधरीले जानकारी दिनु भयो ।

जिल्लाको बारबार्दिया, बाँसगढी नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका, ठाकुरबाबा नगरपालिका र राजापुर नगरपालिका लगायत जिल्ला भरिका युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य राखी तालिमहरु संचालन गरिने जिल्ला संयोजक चौधरीको भनाई छ ।

युसेपले गरिरहेको पालिकाहरुमा स्थानिय जनप्रतिनिधि, सरोकारवाला निकायलाई जम्मा गराई कहाँ कुन किसिमको तालिम संचालन गर्ने विषयमा छलफल भइसकेको छ । केही दिनमै उक्त तालिमहरु संचालन गरिने संस्थाले जनाएको छ ।

बर्दियामा युवालाई रोजगार बनाउने अपेक्षा सहित इलेक्ट्रिसियन, पलम्बर, पेन्टर, डकर्मी, सटर बनाउने, एक्जाभेटर र बार बेन्डरको तालिम प्रदान गरिने संस्थाले जनाएको छ ।

Previous articleनेपालगञ्जका मेयर डा.राणा र बाँके प्रमुख कुरुम्वाङ्गलाई नागरिक सम्मान
Next articleसेवा प्रदायक र सेवाग्राहीबीच समिक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here