नेपालमै पहिलोपटक शीतलचिनी गीत सार्वजनिक

नेपालगञ्ज । शीतलचिनी (मोरिङ्गा) नामक बहुउपयोगी वनस्पतिको महत्वका विषयमा आधारित गीत सार्वजनिक गरिएको छ ।

गीतले मोरिङ्गाको प्रयोगले हुने स्वास्थ्य सम्बन्धी फाइदाहरू र यसका गुणहरूको महत्वलाई जनमानसमा पु¥याउने उद्देश्य रहेको छ ।

यस किसिमको गीत नेपालमा पहिलो पटक र विश्वमा दोस्रो पटक सार्वजनिक गरिएको हो । यस गीतका प्रमुख गायकहरू प्रभात सुवेदी र तुलसी घर्ती मगर हुनुहुन्छ ।

प्रभात सुवेदीको रचना र सङ्गीतमा रहेको गीतमा वातावरणीय सचेतना, फा्ेहोर व्यवस्थापनका साथसाथै मोरिङ्गाको विविधतापूर्ण उपयोग र यसका औषधीय गुणहरूको बारेमा गहिरो सन्देश प्रवाह गरिएको छ ।

राजेन्द्र बजगाई्रद्वारा संगीत संयोजन गरिएको यस गीतको कोरसमा राजेन्द्र बजगाईं र प्रमोद डीजीले साथ दिनुभएको छ । म्युजिक किचन अनामनगरमा रेकर्डिङ्ग गरिएको यो गीतमा मिक्सिङ्ग र मास्टरिङ्गको कार्य मनोज परियारले गर्नुभएको छ ।

गीतलाई स्तरीय र श्रुतिमधुर बनाउनुभएको छ । लिरिकल भिडियो मिक्सिंग कार्य अभिनन्दन सुवेदीले गर्नुभएको छ । जसले गीतलाई दृश्यात्मक रूपमा आकर्षक र मनोरञ्जक बनाएको छ ।

नेपालगञ्ज निवासी हेमन्तराज काफ्ले (मोरिङ्गा बाबा) हरित हेमन्तको अभिप्रेरणबाट तयार गरिएको यो गीतले जीवनबुटी मोरिङ्गाको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने गीतका गायत सुवेदीले बताउनुभयोे ।

काफ्ले नेपालका हरित अभियन्तका रुपमा परिचित हुनुहन्छ । उहाँले फूर्सदको समयमा शीतलचिनी, वर, पिपल, स्वामी, अगस्ते फूल, निम लगायतका बहुगुणी वनस्पतिहरु रोपण गर्ने र विषेश उत्सव तथा पर्वहरूमा विरुवा उपहार दिने गर्नुभएको छ ।

बसु गौतम, माया सिंह, रविन्द्र अधिकारी, रसिद कुरेशी, र डा.दिल बहादुर तामाङको यो गीत उत्पादनमा लागि विशेष भूमिका छ । मोरिङ्गा, जसलाई प्रायः “जीवनको वृक्ष“ भनेर पनि चिनिन्छ यो विभिन्न औषधीय गुणहरू बोकेको बहुउपयोगी वनस्पति हो ।

यसमा उच्च पौष्टिक तत्वहरू, भिटामिनहरू, एन्टिअक्सिडेन्टहरू र शरीरका लागि आवश्यक अमिनो एसिडहरू पाइन्छन् । मोरिङ्गा अर्थात् शीतलचिनीले पोषण सुधार, रोग प्रतिरोध क्षमता वृद्धि, र स्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्छ ।

शीतलचिनीको व्यवसायिक उत्पादन गरी विश्व बजारसम्म पु¥याई मनग्य आय आर्जन गरी समृद्ध र गुणस्तरीय जीवन बनाउन सकिन्छ । हाल यसको विश्व बजारमा ठूलो परिमाणमा माग रहँदै आएको छ । यसको फल, फूल, पात, जरा, बोक्रा सबै भागको उपयोग गर्न सकिन्छ ।

Previous articleलुम्बिनी प्रदेशमा १५ लाखबढीको बिमा
Next articleभारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here