विपदबाट यातायात क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति

काठमाण्डौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो ।

क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको दुई करोड ८५ लाख, गोरखा दरौंदी यातायात सेवा कम्पनीको रु ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

यस्तै, बाग्मती टिपर व्यवसायी संघको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको छ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

Previous articleनेपालगञ्जबाट रुकुम पश्चिम हिँडेको फोर्स गाडी दुर्घटना : १६ जना घाइते
Next articleगुलरियामा ४० जनाले गरे रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here