गुलरियामा ४० जनाले गरे रक्तदान

नेपालगञ्ज । बार्दियाको गुलरियामा बुधबार ४० जनाले रक्तदान गरेका छन् । दीप डेन्टल क्लिनिकको आर्थिक सहयोगमा स्व.दीप बहादुर राना स्मृति फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा महिला पुरुष गरी ४० जनाले रक्तदान गरेका हुन् ।

गुलरिया नगरपालिका वार्ड नं-६ मा आयोजित कार्यक्रममा व्यवसायी, समाजसेवी, नेपाल प्रहरी, खेलाडी, बैंकका कर्मचारी लगायतले ५ जना महिला र ३५ जना पुरुष गरी ४० जनाले रक्तदान गरेका छन् ।

स्व.दीप बहादुर फाउण्डेसनका संरक्षक तथा स्व.रानाको धर्मपत्नी लीला राना र फाउण्डेसनका अध्यक्ष देव चन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेम प्रसाद लम्सालले संयुक्त रुपमा प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रमको नेतृत्व स्व.रानाको छोरा अभय रानाले गर्नुभएको थियो । प्रचारप्रसार नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सदस्य महबूब अली सिद्दीकीले गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्राविधिक गिरी, महेश रानाक्षेत्री, जानकी बडुवाल, सुनिता लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगरपालिका अध्यक्ष गंगाराम पाठक, नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगरपालिकाका अध्यक्ष लोकराज ढुंगाना लगायत समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Previous articleविपदबाट यातायात क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति
Next articleडुडुवामा फुटबल: उपाधिका लागि नवदुर्गा र लालीगुराँस भिड्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here