डुडुवामा सर्वाधिक पुरस्कार राशीको फुटबल: नवदुर्गा बन्यो बिजेता

नेपालगञ्ज । बाँकेको डुडुवामा संचालन भएको तेस्रो खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक नवदुर्गा युवा क्लबले हात पारेको छ ।

डुडुवामा भएको सर्वाधिक पुरस्कार राशीको खुल्ला प्रतियोगिताको शुक्रबार फाइनल खेलमा आयोजक नवदुर्गाले लालीगुराँस युवा क्लबलाई पराजित गर्दै उपाधी चुम्न सफल बनेको छ । नवदुर्गाले लालीगुराँसलाई ११-२ ले पराजित गरेको हो ।

खेलको शुरुवातबाट नै नवदुर्गाले अग्रता लिएको थियो । पहिलो हाफसम्म ७ गोलको अग्रता लिएको नवदुर्गाले दोस्रो हाफमा थप ५ गोल गर्दै लालीगुराँसलाई भारी गोलअन्तरले पराजित गरेको हो ।

उपाधीसँगै बिजेता नवदुर्गाले १ लाख ११ हजार १ सय ११ रुपैया, मेडल तथा प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको लालीगुराँसले उपबिजेता हुने टिमले ५५ हजार ५ सय ५५ रुपैयासहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा आयोजक टिम नवदुर्गाका बिपिन थापा मगर सर्वाधिक गोलकर्ता बन्नुभएको छ । उहाँले प्रतियोगिता अवधीभर ८ गोल गर्नुभएको छ ।

यस्तै आयोजक टिमका दिपकराज सिंह सर्वोत्कृष्ठ खेलाडी र प्रकाश थारु उत्कृष्ठ गोलरक्षक बन्नुभएको छ । उहाँहरुलाई मेडल तथा प्रमाण पत्रले सम्मानित गरिएको छ ।

उपाधी बिजेता, उपबिजेता लगायत उत्कृष्ठ खेलाडीहरुलाई डुडुवा गाउँपालिका वडा नं-५ का वडा अध्यक्ष झंक बहादुर थापा, स्थानीय सूर्यलाल यादव, समाजसेवी बेल बहादुर बोहरा, नवदुर्गाका अध्यक्ष निर्मल चन्दलगायतले अतिथिले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताको सेमिफाईनल खेलमा एकमात्र बिभागिय टिम जिल्ला प्रहरी कार्यालय बाँकेलाई हराउँदै नवदुर्गाले फाईनलको यात्रा तय गरेको थियो । आयोजक नवदुर्गाले बिभागिय टिमलाई ४-० गोलअन्तरले पराजित गरेको थियो ।

यस्तै लालीगुराँसले सिटी स्पोर्टस क्लबलाई पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । लालीगुराँसले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा १४ वर्षदेखि क्लबले यस्तो फुटबल प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।

युवाहरुलाई खेलतर्फ आकर्षित तथा सामाजिक कार्यमा प्रेरित गर्न क्लबले यस्तो कार्यक्रमलाई नियमित रुपमा बनाएको अध्यक्ष चन्दले बताउनुभयो ।

डुडुवा गाउँपालिकाको सहयोगमा संचालन भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गर्नुभएको थियो ।

Previous articleआज विजयादशमी पर्व मनाइँदै, टीका लगाउने उत्तम साइत !
Next articleडेक नेपाल बाँकेको १७ औं साधार सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here