
नेपालगञ्ज । बडा दशैंको फूलपातीबाट प्रदर्शनमा आएका दुई फरक जनराका फिल्म ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले घरेलु बक्स अफिसमा धमाल मच्चाइरहेका छन् ।
सिंगल थिएटर वा मल्टीप्लेक्स, जताततै दर्शकको भीड देखिन्छ । दशैं विदामा त टिकट व्यवस्थापन गर्नै हलहरुलाई सकस परेको थियो । दशैं सकिएपछि पनि दुवै फिल्मको क्रेज घटेको छैन । यी दुई फिल्मको व्यापारले फिल्म क्षेत्रमै उत्साह थपेको छ ।
बक्स अफिसमा टक्करको प्रतिस्पर्धा गरिरहेका ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ लाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ‘सुपरहिट’ घोषणा गरेको छ । क्यूएफएक्स आफ्नो वेबसाइटमा दुवै फिल्मलाई ‘सुपरहिट’ उल्लेख गरेको छ ।
क्यूएफएक्सले आफ्नो चेनमा भएको व्यापारको आधारमा स्वदेशी र विदेशी फिल्मलाई ‘हिट’, ‘सुपरहिट’ र ‘ब्लकबस्टर’ घोषणा गर्दै आइरहेको छ ।





