केआइइसी अब नेपालगञ्जमै

नेपालगञ्ज । बैदेशिक यात्रालाई सहज बनाउन नेपालगञ्जमा केआइएइसी कन्सल्टेन्सी सेवा बिस्तार गरेको छ । बिदेशमा अध्ययन तथा काम गर्नका लागि राजधानी काठमाण्डौं जानुपर्ने प्रक्रिया अब नेपालगञ्जमै उपलब्ध हुने भएको छ ।

नेपालगञ्जमा खुलेको शाखाले दिने यो सुबिधासँगै बिदेश जानका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको केआइएइसी नेपालगञ्ज शाखा प्रबन्धक सुबास थापाले जानकारी दिनुभयो ।

नेपालगञ्जस्थित सुर्खेतरोडमा खुलेको शाखाको लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । शाखाले भिसा प्रक्रिया, कलेजका कोर्षहरु, चाहिने विश्यविद्यालय तथा डकुमेण्ट सबै प्रक्रिया यहाँबाट गरिदिने सेवा उपलब्ध गराउने प्रबन्धक थापाले बताउनुभयो ।

कन्सल्टेन्सीभन्दा फरक रहेको दाबी गर्दै शाखाले आफुहरुले दिने सेवा भरपर्दो रहेको जनाएको छ । केआइएइसीका केन्द्रीय प्रबन्धक राजेन्द्र प्रसाद रिजालका अनुसार वार्षिक करिब एक हजार पाँच सय जनाभन्दा बढीलाई भरपर्दो सेवा प्रदान गरिएको दाबी गर्दै आएको छ ।

Previous articleचक्रवाती आँधी : रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेस सञ्चालनमा रोक
Next articleदुई सातामै ‘छक्का पञ्जा ५’ ले कमायो १७ करोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here