जुवा खालबाट लाख बढी रुपैयाँ नगदसहित १० जना पक्राउ

दाङ । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं–१७ वनकट्टाका देवबहादुर वलीको घरमा कौडा खेलिरहेको गोप्य सूचनको आधारमा प्रहरीले छापा पारेको थियो ।

पक्राउ पर्नेहरुमा तुलसीपुर–१७ बनकट्टा बस्ने ५७ वर्षीय भीम वली, सोही ठाउँकै ४९ वर्षीय लुमा सिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशरबहादुर वली, ३६ वर्षीय शरद वली रहनुभएको छ ।

त्यस्तै, ३८ वर्षीय सुशिल वली, ४१ वर्षीय रेखबहादुर वली, ४९ वर्षीय मदन वली, ५१ वर्षीय देवबहादुर वली (घर धनी), घोराही–९, अस्पराका ४९ वर्षीय बालाराम भट्टराई नियन्त्रणमा रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवमु डिएसपी ईश्वर थापाले जानकारी दिनुभयो ।

प्रहरीले नगदसहित जुवा खेल्न भूइँमा ओछ्याएको निलो बुट्टेदार गलैंचा एक थान र कौडा १७ थान बरामद गरेको छ ।

Previous articleआज भाइटीका, साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको मुहूर्त उत्तम
Next articleकोहलपुर नगरद्वारा राष्ट्रिय खेलाडी पुजा रानालाई नगदसहित सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here