
नरैनापुर । किशोरीहरूकाे समस्यालाई सहज रूपमा संचारमाध्यमसम्म पुर्याउन सक्ने बिषयमा नरैनापुरका बालिकाहरूलाई सीप प्रदान गरिएको छ ।
किशोरीहरूले बिबिध समस्याकाे सामना गर्दै आएकाे भएपनि संचारमाध्यमसम्म पुग्न नसकेकाले कसरी पुर्याउन सकिन्छ भन्ने बिषयमा स्वयं किशोरीलाई नै सीप प्रदान गरिएको हाे ।
प्लान ईन्टरनेशनलकाे आर्थिक सहयाेग र नरैेनापुर गाउँपालिकाकाे समन्वयमा सामाजिक सचेतन सराेकार मंच (स्याक) नेपालले नरैनापुर वडा नं-६ का किशोरीहरूलाई उनीहरूकाे समस्याका रूपमा रहेकाे बाल विवाह, जीवन उपयाेगी सीपलाई पत्रकारितामार्फत संचारमाध्यमसम्म पुर्याउने सीप सिकाईएकाे छ ।
बाल बिवाह राेकथाम परियाेजना अन्तर्गत बाल बिवाह न्युनिकरणका लागि किशोरी क्लकाे जीवन उपयाेगी सीप अभिबृद्वि तालिममार्फत पत्रकारिता, स्थानीय सवाल, बाल विवाह बिरूद्वकाे रिपोर्टिङ, कथा लेखन जस्ता बिषयकाे कला प्रदान गरिएकाे सहजकर्ता सूर्यलाल यादवले जानकारी दिनुभयाे ।
२६ देखि २९ गतेसम्म स्थानीय सृजनशील किशोरी क्लबका १५ जनालाई प्रदान गरिएको तालिमकाे समापनमा सम्बाेधन गर्दै वडा अध्यक्ष बिरेन्द्रपाल सिंहले किशोरीहरूकाे समस्या समाधानका लागि सराेकारवालाकाे सक्रियता आवश्यक रहेकाे बताउनुभयो ।
पत्रकारिता समाजकाे ऐना भएकाे र यसकाे माध्यमबाट स्थानीय सवाललाई प्राथमिकता दिन वडा अध्यक्ष सिंहले आग्रह गर्नुभयाे ।
यस्तै वडा सचिव जीवनलाल यादवले याे तालिम किशोरीहरूकाे क्षमता अभिबृद्विमा उपायाेगी हुने धारणा राख्नुभएकाे स्याक नेपाल नरैनापुरका सुपरभाइजर त्रिभुवन प्रसाद यादवले बताउनुभयो ।





