
मुरली गोडिया
गुलरिया । नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने भनेको वर्तमान सरकारका विरुद्ध देश व्यापी आान्दोललाई मध्य नजर गर्दै भातृ संगठन नेपाल बिद्यार्थी संघ बर्दियाले सदरमुकाम गुलरियामा आाईतबार साँझ सिटी जुलुस प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसले मंसिर २९ गते गर्ने देश व्यापी आन्दोलनमा सरिक हुन अनुरोध गर्दै शिटि जुलुस प्रर्दशन गरिएको नेपाल बिद्यार्थी संघ बर्दियाका अध्यक्ष शोभाकान्त पौडेलले बताउनुभयो ।
वर्तमान सरकारको सर्वसत्तावादी प्रवृत्ति, दमन, भ्रष्टाचार, कोभिड–१९ नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मूल्य वृद्धि, महिला हिंसा र अधिनायकवादी शैलीका विरुद्ध मंसिर २९ गते सोमबार हुने विरोध प्रदर्शनको प्रचारात्मक सिटि जुलुसको आयोजना गरिएको नेपाल बिद्यार्थी संघ बर्दियाका उपाध्यक्ष विषेश गौतमले बताउनुभयो ।





