आचार्यको संयोजकत्वमा नेविसंघको विधान संशोधन समिति

नेपालगञ्ज । विधान संशोधन एवम् परिमार्जन समिति नगेन्द्र प्रसाद आचार्य (एनपी) को नेतृत्वमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को विधान संशोधन एवम् परिमार्जन समिति गठन गरिएको छ ।

संयोजकको जिम्मेवारी पाउनुभएका जुम्लाका आचार्य नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।

नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन तोकिएकै समयसिमा भित्र सम्पन्न गर्ने उद्देश्यले गठन गरिएको विधान संशोधन एवम् परिमार्जन समितिको सदस्यहरुमा मोरङका विवेक लिम्बु, तनहुँका राजेश कुमार श्रेष्ठ, बर्दियाका इ. सुनिल शाही र कपिलवस्तुकी मन्जु विश्वकर्मा रहनुभएकाे छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले संघको विधान २०२७ (संशोधन सहित) मा व्यवस्था भएका प्रावधानहरु समयानुकुल संशोधन एवम् परिमार्जन गर्नको लागि नेपाल विद्यार्थी संघको प्रमथ ऐतिहासिक बैठकद्धारा सर्वसम्मतले पारित निर्णयलाई कार्यान्वयन गराउन समिति गठन गरेको बताउनुभयाे ।

संयोजकको जिम्मेवारी पाएपछि आचार्यले तोकिएको समयमा संघको विधान आम युवाहरुको मनोभावनालाई सम्बोधन गर्ने गरी परिमार्जन गर्ने प्रयास गर्ने बताउनुभयाे ।

Previous articleकार्तिक २९ गते नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर
Next articleकांग्रेस बाँकेले पुस १५ गते जिल्लाभरि वडा सम्मेलन गर्ने 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here