नेपालगञ्ज । विश्व मधुमेह दिवसको अवसरमा नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
यहाँस्थित शिखर हेल्थ केयर एण्ड डाइग्नोष्टिक सेन्टरले यही कार्तिक २९ गते विहीबार नेपालगञ्जमा निःशुल्क स्वास्थ्य शिविर गर्न लागेकाे हाे ।
स्वास्थ्य शिविरमा निःशुल्क ओपिडी सेवा, निःशुल्क सुगर जाँच सेवा रहनुका साथै मेडिकल ल्याबमा २५ प्रतिशत र इन्डोस्कोपीमा २५ प्रतिशत छुट दिइने शिखर हेल्थ केयरले जनाएको छ ।
भेरी अस्पतालदेखि रामलिला मैदान जाने बाटोमा रहेकाे हेल्थ केयरले बरिष्ठ कन्सल्टेन्ट फिजिसियन सेवा दिइरहेको छ ।
डाइग्नोष्टिक सेन्टरमा सुगर तथा ब्लड प्रेसर, थाइराइड, पेट तथा कलेजो, ज्वरो, डेंगु तथा टाइफाइड, छाती, सुख्खा रुघाखोकी तथा दम, मुटु तथा कोलेस्ट्रोल, ग्याष्ट्रिक, पिसाब तथा मिर्गौलासम्बन्धि सम्पूर्ण समस्याको उपचार तथा सेवा उपलब्ध छ ।