
गुलरिया । परियोजना संचालन भएका स्थानीय तहमा सरोकारवालाहरुको अनुगमन निरीक्षण कार्य सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत, सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिका, राजापुर नगरपालिका र बाँकेको खजुरा गाउँपालिकाको समन्वयमा सिकाई परियोजना संचालन भएका सामुदायिक बिधालयमा सरोकारवालाहरुको अनुगमन निरिक्षण गरिएको हाे ।
ठाकुरवावा वडा नं ४ स्थित श्री बबइ शिशु मन्दिर आधारभुत बिधालय, प्राथामिक खैलार प्रा.बि., राजापुरको श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय, श्री पदम कुमारी माध्यामिक बिधालय, खजुराको श्री अम्बेमाता आधारभुत बिधालय र आर्दश आधारभुत बिधालय डि गाउँको बिधालय अनुगमन निरिक्षण सम्पन्न गरिएको छ ।
अनुगमनका क्रममा परियोजा संचालन हुनु पुर्वको अवस्था र परियोजना संचालन भएपछि देखिएका सकारात्मक पक्षका बारेमा समेत बिधालय ब्यबस्थापन समिति तथा शिक्षकसंग अन्तरक्रिया गरिएको थियो ।
अनुगमनका क्रममा बालबालिकाहरुको सुरक्षित बसाईका लागि भौतिक पुर्वाधार, कक्षा कोठाको ब्यवस्थापन, लैगिंक समानतालाई प्रोत्साहन गर्ने शिक्षकको व्यवस्थापन भएको, बाल केन्द्रित शैक्षिक वातावरण भएको नभएको, औषत उपस्थिति, भर्ना एवम कक्षा छाड्ने दर, कक्षा कोठामा शैक्षिक सामाग्रीको ब्यबस्था, कक्षाकोठामा सुचना प्रबिधिको प्रयोगको अवस्थाका बारेमा कक्षा कोठा अवलोकन एवम छलफल गरिएको थियो ।
अनुगमनमा सहभागि प्राधानाध्यापकले परियोजना संचालनपछि देखिएका परिर्वतनहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
बालबालिका भोलिकाे कर्णधार भएको र बिकाशको पहिलो खुड्किलो भनेको शिक्षा नै भएकाले परियोजनालाई उपलब्धी मुलक बनाउन पालिकासंग समन्वय र सहकार्य भईरहेकाे र परियोजना संचालन भएका बिधालयमा लैगिंक मैत्री बातावरणमा कक्षा शिक्षण, बालबालिकाको भर्ना दर, उनीहरुको नियमित उपस्थिती, बिधालय छाड्ने दर र सिकाइमा समेत प्रभाव परी तुलानात्मक रुपमा बालबालिकाले गुणस्तरिय शिक्षा पाएको स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बताउनु भयो ।
पालिकासंगको समन्वयमा संचालन भएको परियोजनाले शिक्षकहरुको क्षमता बिकास तथा बालबालिकामैत्री शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्नमा पालिकालाइ सहयोगी भुमिका निर्वाह गरेकाे धारणा व्यक्त गर्नुभयाे ।
यस्तै अनुगमनमा बाँकेको खजुरा गाउँपालिका उपप्रमुख एकमाया बि.क.प्रमुख प्रशासकिय अधिकृत मणिराम खनाल, ठाकुरवावाका प्रमुख प्रसाशकिय अधिकृत रामहरी रिजाल, शाखा अधिकृत सिता भण्डारी, वडा नं ४ का वडा अध्यक्ष, राजापुर नगरपालिका सामाजिक बिकास समिति संयोजक महेश चौधरी, शिक्षा शाखा प्रमुख दल ब. चौधरी, प्रा.स. चन्द्रा बहादुर ठाडामगर र स्याक नेपालका कार्यक्रम अधिकृत लक्ष्मी प्रसाद शर्मा, सुपरभाइजर राजकुमारी चौधरी, रज्जब अलि वागवान, रेणु चन्द र दशलाल चौधरीको सहभागीता रहेको थियो । 





