डिसि एम सी बाँकेलाई स्वास्थ्य सामाग्री प्रदान

नेपालगन्ज । काेराेना महामारी नियन्त्रणमा सहजता ल्याउन जिल्ला आपतकालीन कार्य संचालन केन्द्र बाँकेलाई आवश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएकाे छ ।

प्रदान गरिएको स्वास्थ्य सामाग्री बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारी एंव केन्द्रका संयाेजक राम बहादुर कुरूम्वाङलाई हस्तान्तरण गरिएको हाे ।

सेफ द चिल्ड्रेनकाे आर्थिक सहयाेगमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेले गैरसरकारी संस्था महासंघमार्फत केन्द्रलाई २ सय थान पिपिई, १ हजार थान सर्जिकल मास्क र २ सय थान एन-९५ मास्क हस्तान्तरण गरिएकाे छ ।

प्रजिअ कुरूम्वाङ र भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले संयुक्त रूपमा ग्हण गर्नुभएको गैरसरकारी संस्था महासंघ बाँकेका सचिव आशिष बर्माले जानकारी दिनुभयो ।

Previous articleसिकाई परियाेजनाकाे अनुगमन
Next articleपूर्ण सरसफाई युक्त टोल बनाउन वास च्याम्पियन तयार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here