रुकुमपूर्वमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं-६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

राति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परी चालकसहित ४ जना घाइतेसमेत भएका छन् ।

लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका-६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममै मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिम बहादुर केसीका अनुसार अटो दुर्घटनामा एकको मृत्यु र चालकसहित ४ घाइते भएका छन् ।

घाइते हुनेमा एउटै घरको १४ वर्षकी सुशिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षको महेन्द्र बुढा र सो गाउँपालिकाको अटो चालक तोपबहादुर कार्की घाइते हुनुभएको छ ।

घाइते सबैलाई राती नै उद्धार गरेर गम्भीर अवस्था रहेको एकजनालाई कोहलपुर पठाएको छ भने अन्य तीन जना घाइतेलाई जिल्ला अस्पतालमा उपचाररत छन् ।

प्रहरीका अनुसार अटो तीव्र गतिमा रहेको र अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

Previous articleराप्ती सोनारीमा लैंङ्गिक हिंसाबिरूद्वको अभियानः विद्यालयस्तरमा सचेतना प्रदान
Next articleलुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here