कैलालीमा सवारी दुर्घटना: तीन जनाको मृत्यु

धनगढी । कैलालीमा सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका-८, गोदावरी नगरपालिका-४ र धनगढी उपमहानगरपालिका-१८ मा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हुलाकी सडकखण्ड अन्तरगत टीकापुर नगरपालिका-८ फाँटामा सुपप्र ०१-००८ प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार २२ वर्षीय बिनोद चौधरीको मृत्यु भएको छ ।

गम्भीर अवस्थाका चौधरीलाई टीकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताउनुभयो ।

चालक टीकापुर-१ का २१ वर्षीय रामकुमार चौधरीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

यस्तै, भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिका-४ मा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किंदा कञ्चनपुरको शुक्लाफँटा नगरपालिका-११ कलुवापुर बस्ने ३० वर्षीय हिक्मत महराको मृत्यु भएको छ ।

सुपप्र ०१–००१क २०६० नंम्बरको ट्रकमा महराले चलाएको म.२ प.९११७ नंम्बरको मोटरसाइकल ठोक्किएको थियो । महराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका-१८ डिपो बजारमा डल्लबसँग मोटरसाइकल ठोक्किंदा कैलारी गाउँपालिका-३ हसुलिया बस्ने ४० वर्षीय कमलेश चौधरीको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार उहाँले चलाएको सु.प.प्र.०१००११ प ७०७१ नंम्बरको मोटरसाइकल पछाडिबाट डल्लबसँग ठोकिएको थियो । उहाँको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

Previous articleलुम्बिनी प्रदेश सरकारको पुँजीगत खर्च निराशाजनक
Next articleमहासंघ बाँकेमा गिरी निर्वाचित, कसले कति पायो मत (विवरणसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here