महासंघ बाँकेमा गिरी निर्वाचित, कसले कति पायो मत (विवरणसहित)

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्षमा नवीन गिरी निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्धन्द्धीद्धय प्रेस सेन्टरका प्रदिप वाग्ले र पत्रकार बिश्वराज पछलडग्ंयालाई उछिनेर निर्वाचित हुनुभएको हो ।

शुक्रबार सम्पन्न मतदान र शनिबार बिहान सकिएको मतगणना अनुसार वाग्लेलाई ४८ र बिश्वराजलाई ९९ मतान्तरले पराजित गर्नुभएको हो । वाग्लेले ७० र बिश्वराजले १९ मत प्राप्त गर्नुभएको छ भने गिरीले ११८ मत प्राप्त बिजयी हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा तिलक गाउँले र रेजिना मल्ल निर्वाचित हुनुभएको छ । गाउँले र मल्ल दुबैले बराबर १०२/१०२ मत प्राप्त गर्नुभएको छ । यसैगरी महिला उपाध्यक्षमा पुनः करुणा शाह निर्वाचित हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी साबित्री गिरीलाई १ मतले पराजित गर्नुभएको हो ।

शाहले १०२ र गिरीले १०१ मत प्राप्त गर्नुभएको हो । सचिवमा कृष्ण बहादुर वली निर्वाचित हुनुभयो । वलीले आफ्ना प्रतिस्पर्धी सकील अहमद कादरीलाई १० मतले पराजित गर्नुभयो । वलीले १०७ र कादरीले ९७ मत प्राप्त गर्र्नुभएको थियो ।

सहसचिव खुल्लामा रबिन्द्र सिंह ठकुरी निर्वाचित हुनुभयो । उहाँले प्रतिद्धन्द्धी डिल्ली शाही र अमृता जैशी (निशु) लाई पराजित गर्नुभएको हो । शाहीले ४८, जैशीले ४५ र ठकुरीले ११४ मत प्राप्त गर्नुभएको छ भने समावेशी सहसचिवमा भगतराम थारु निर्वाचित हुनुभयो । उहाँले आफ्ना प्रतिद्धन्द्धी तिलक नेपालीलाई ७१ मतले पराजित गर्नुभएको हो ।

थारुले १३६ र नेपालीले ६५ मत प्राप्त गर्नुभयो । यसैगरी कोषाध्यक्षमा सुनिल रेग्मी निर्वाचित हुनुभयो । उहाँले आफ्ना प्रतिद्धन्द्धी बिजय मल्ललाई ३९ मतले पराजित गर्नुभयो । रेग्मीले १२२ र मल्लले ८६ मत प्राप्त गर्नुभयो ।

यस्तै महिला सदस्यमा रजनी कुमारी योगी निर्वाचित हुनुभयो । उहाँले आफ्ना प्रतिद्धन्द्धी सबिता चन्दलाई ७७ मतले पराजित गर्नुभयो । योगीले १३६ र चन्दले ५९ मत प्राप्त गर्नुभएको छ । यसैगरी दलित सदस्यमा आशा परियार निर्वाचित हुनुभयो ।

उहाँले आफ्ना प्रतिद्धन्द्धी शान्ति सुनारलाई ५६ मतान्तरले पराजित गर्नुभयो । परियारले १२८ मत र सुनारलाई ७२ मत प्राप्त गर्नुभयो । आदीबासी जनजाति सदस्यमा निर्मला चौधरी निर्वाचित हुनुभयो । चौधरीले राजकुमार चौधरीलाई ५४ मतान्तरले पराजित गर्नुभएको हो ।

निर्मलाले १२२ मत र राज कुमारले ६८ मत प्राप्त गर्नुभयो । यसैगरी मधेसी सदस्यमा यदुराज मिश्र निर्वाचित हुनुभयो । मिश्रले ८६ मतान्तरले प्रतिद्धन्द्धी दिनेश कुमार श्रीवास्तवलाई पराजित गर्नुभयोे । मिश्रले १४३ र श्रीवास्तवले ५७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै अन्य समावेशी सदस्यमा सलामत अलि शेष निर्वाचित हुनुभयो । शेषले प्रतिद्धन्द्धी समिर अलि बेहनालाई ६० मतान्तरले पराजित गर्नुभयो । शेषले ११७ र बेहना ५७ मत प्राप्त गर्नुभयो ।

यसैगरी खुल्ला सदस्यहरुमा पहल बहादुर केसी, सम्भु प्रसाद थारु, कृष्णराज अधिकारी, रबिन्द्र घिमिरे, समिरमान श्रेष्ठ, साबित्री बिश्वकर्मा, सजन कुमार आरसी र धना बिष्ट केसी निर्वाचित हुनुभएको छ । केसीले ८७, थारु १०३, अधिकारी १२३, घिमिरेले १०३, श्रेष्ठले १३१, बिश्वकर्माले ११७, आरसीले ९१ र बिष्ट केसीले ११७ मत प्राप्त गर्नुभएको हो ।

बाँकेमा शुक्रबारको मतदानमा २१८ मत खसेको थियो । महासंघ बाँकेमा रहेका २४२ जनामध्ये २४ जनाले मतदान गरेका थिएनन । नेपाल प्रेस युनियन र प्रेस चौतारीबीच साझा व्यवसायीक संयुक्त प्यानल र प्रेस सेन्टरलगायत संगठन संयुक्तबीच प्रतिस्पर्धा भएको थियो ।

Previous articleकैलालीमा सवारी दुर्घटना: तीन जनाको मृत्यु
Next article५१ जनाद्वारा रक्तदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here