लुम्बिनी प्रदेशमै नमूना सहकारी बन्दै साकार, अध्यक्षमा ओली निर्वाचित

राप्ती सोनारी । लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना) ले प्रदेशमै नमूना सहकारीका रुपमा साकार कृषि सहकारीले आफुलाई चिनाएको बताउनुभएको छ ।

सहकारीको बुधबार १३ औं साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रहनुभएकी केसीले जिल्लामा मात्र नभएर लुम्बिनी प्रदेशमै आफुलाई नमूना सहकारीका रुपमा प्रस्तुत गरेको बताउनुभएको हो ।

उहाँले पछिल्लो समय धेरैजसो सहकारीहरु जनताले जम्मा गरेको पैसा हिनामिना गरेको देखिएकोमा यो सहकारीमा हालसम्म त्यस्तो गलत कार्य नभएको आफुले भएको भन्दै जनताले सुरक्षा गर्न दिएको रकम साकारले सुरक्षित गरेको धारणा राख्नुभयो ।

जनताको पैसाको सही सदुपयोग गरेर उहाँहरुकै लागि थप कार्य गरेर सहज बनाउन जरुरी रहेको भन्दै यसको थप उचाईको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रमका बिशेष अतिथि राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले सहकारीले आफुलाई सफल बनाउँदै लगेको बताउनुभयो । उहाँले गाउँपालिकाले सहकारीमा जम्मा भएको पैसा हिनामिना र उनीहरुको विकासका लागि छुट्टै सहकारी शाखा खडा गरेको बताउनुभयो ।

‘यो सहकारी नमूना सहकारीका रुपमा रहेको छ ।,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘सहकारीमार्फत यहाँका कृषकहरुले थप सेवा सुविधा प्राप्त गर्न सकून भनेर गाउँपालिकालेसमेत विभिन्न कार्यका लागि अनूदान दिएको छ । यसले सहकारीको विकासमा पक्कै सहयोग पुगेको देखिन्छ ।’

यसैगरी बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं-६ यस सहकारीको अध्यक्षमा हुमा शंकर ओली निर्वाचित हुनुभएको छ । सहकारीको १३ औं वार्षिक साधारण सभाले ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित चयन गरेको हो ।

साधारण सभाले निर्विरोध रुपमा चयन गरेको कार्यसमिति उपाध्यक्षमा रती ओली तथा सञ्चालक सदस्यहरुमा रेगबहादुर खड्का, मिरा चलाउने, सेतु कामी, खुमबहादुर खत्री, दुर्गाप्रसाद श्रेष्ठ, मानसिंह परियार र प्रेमबहादुर थारु रहनुभएको छ ।

लेखा संयोजकमा सुर्य प्रकाश घर्तीमगर, सदस्यमा भुपराज भण्डारी र शान्ति थापा निर्वाचित भएको निर्वाचन समितिका संयोजक एवम अधिवक्ता कर्णबहादुर केसीले जानकारी दिनुभयो ।

कर्जा उपसमिति संयोजक भने सञ्चालक समितिले पछि मनोनित गर्ने जनाएको छ । उपसमितिको सदस्यमा विमला कुमारी बस्नेत र मदनसिंह थारु निर्विरोध निर्वाचित हुनुभएको छ ।

Previous articleकोहलपुर शवदाह गृह निर्माणको काम नरोक्न उच्च अदालतकाे आदेश
Next articleबारबर्दियाकाे ७ नम्बर वडा बाल विवाहमुक्त घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here