
नेपालगञ्ज । क्रियाशिल पत्रकार महिला (डब्लु डब्लु जे) बाँकेले नयाँ कार्यसमिति पाएको छ । जसको अध्यक्षमा साबित्री गिरी चयन हुनु भएको छ ।
क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आथित्यमा आज नेपालगञ्जमा सम्पन्न १२ औ साधारण सभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा गिरीलाई चयन गरेको हो ।
यसैगरी उपाध्यक्षमा बिमला चौधरी, सचिवमा अमृता जैशी (निशु), सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित रहनु भएको छ । यसैगरी सदस्यहरुमा सजल गैरे, सुनिता बर्मा, मन्जु रिजाल, साहिदा बानो, सरला बराल र सविता चन्द ठकुरी लगायत ११ सदस्यीय कार्यसमित चयन भएको छ ।
अधिवेशनमा निर्वतनमा कोषाध्यक्ष जैशीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि शाहले पत्रकार महिलाको क्षमता विकासका लागि पहल गर्ने बताउनुभयो । उहाँले आफूले जिवनको लामो समय पत्रकारिता क्षेत्रमा विताएकाले अबका दिनमा नयाँ पुस्तासंग हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्रियाशिल पत्रकार महिलालाई आर्थिक रुपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित संघ, प्रदेश र जिल्लाका पत्रकार महिला र केहि पदाधिकारीलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश सचिव सरला सुवेदी, महासंघ बाँकेका अध्यक्ष नविन गिरी, उपाध्यक्ष करुणा शाह, संचारिका समुह, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रीय सदस्य आरिफ अन्सारी र लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा महासंघमा निर्वाचित पदाधिकारीहरुले पत्रकार महिलका मुद्धामा निरन्तर पहल गर्ने प्रतिवद्धता जनाए । क्रियाशिल पत्रकार महिलाले आगामी दिनमा पत्रकार तथा श्रमजिवि महिलाका सवालमा निरन्तर सण्डे कल्ब गर्ने, फेलोसिप कार्यक्रम तथा तालिम संचार गर्ने र पत्रकार महिलाको हक हितका लागि विभिन्न कार्यक्रम गर्ने योजना अधिवेशनमा प्रस्तुत गरेको छ ।





