बर्दिया मैनापोखरका २७ जनाले गरे रक्तदान

मैनापोखर, बर्दिया । बर्दियास्थित नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका समितिले मैनापोखरमा रक्तदान कार्यक्रम गरेको छ । “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ शनिबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी लगायत १ महिलासहित २७ जनाले रक्तदान गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव ठाकुर सिंह थारु, नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका अध्यक्ष तथा कार्यक्रम संयोजक लल्लुराम थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा शतक रक्तदाता पवन जायसवाल लगायतले संयुक्त रुपमा रगत संकलन गर्ने प्याकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश राना क्षेत्रीलाई हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रम संयोजक थारुका अनुसार बढैयाताल-६ मैनपोखर स्थित मिलन एग्रोभेट सेन्टरमा आयोजित कार्यक्रममा पत्रकार शम्भुप्रसाद थारु, राजेश्वरसिंह थारु, नागरिक उन्मुक्ति पाटी जिल्ला सह–सचिव सुर्मिला थारु, दुर्गा चौधरी, श्रीकान्त चौधरी, हिरालाल थारु, भागीरथ थारु, प्रभाकर थारु, कमल कुमार थारु, आर्यन चौधरी, प्रीतसिंह थारु, आयोध्या प्रसाद पासी, कुमार चौधरी, ईलाका प्र्रहरी कार्यालय मैनापोखरका प्रहरी सहायक निरीक्षक चित्र बहादुर बुढाक्षेत्री, प्रहरी सहायक हवलदार धनीराम थारु, महाबीर थारु, बिमल चौधरी, नेवल प्र्रसाद थारु, घनश्याम थारु, बीरगञ्जका निवासी दिनेश प्रसाद कुर्मी, रबिन कुमार थारु, सुबाष बैगार, शुकदेव थारु, राम किसुन थारु, जीवन कुमार थारु, राज कुमार थारु, ठग्गाराम थारुलगायत २७ जनाले रक्तदान गर्नुभएको हो ।
कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका सचिव हरि प्रसाद थारु, लुम्बिनी प्रदेश सदस्य राम दुलारे थारु, नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका-६ संयोजक जोखन थारु, पत्रकार शम्भु र जागेश्वरसिंह लगायतको सक्रियतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रादेशिक केन्द्रका प्रमुख रेग्मी, सोम प्रकाश सापकोटा, रानाक्षेत्री, केशरसिंह डाँगी, बीरेन्द्र योगी, महेन्द्र थापा, आशा सुनारले प्राविधिकमा सहयोग गर्नुभएको थियो । रक्तदाता र प्राविधिकमा सहयोग गर्नेहरुलाई प्रमाण–पत्र प्रदान गरिएको नागरिक उन्मुक्ति पार्टी बढैयाताल गाउँपालिका सचिव हरि प्रसादले जानकारी दिनुभयो ।
Previous articleक्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा गिरी
Next articleबाँकेमा धान खेत घट्यो, उत्पादन बढ्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here