
नेपालगञ्ज । विश्व ध्यान दिवस बाँकेमा नेपालगञ्जमा ध्यान गरेर मनाइएको छ । पहिलो पटक मनाइएको दिवसको अवसरमा शनिबार नेपालगञ्जमा भब्य कार्यक्रम गरेर मनाइएको हो ।
विश्व व्यापी सदभाव, आन्तिरक शान्तिका लागि ध्यान भन्ने मुल नारासहित योग समिति नेपाल बाँके र चिकित्सक संघ भेरीको सयुंक्त आयोजनामा ध्यान कार्यक्रम गरिएको छ ।
योग समिति नेपालका अध्यक्ष योग गुरु आयुर्वेदाचार्य गिरीराज भट्टराई र संघ भेरीका अध्यक्ष डा. बिनोद थापाको अध्यक्षतामा भएको ध्यान कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, पुर्व एस एस पी बीर बहादुर ओली लगायत २५० बढिको उपस्थितिमा रहेको थियो ।
योग प्रशिक्षक, आजिवन सदस्य, साधारण सदस्य ५० बढी डाक्टरहरूको उपस्थिति रहेको योग समिति नेपालकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिनुभयो । उहाँका अनुसार ध्यानबाट हुने फाईदाकाबारेमा योग गुरु भट्टराईले प्रकाश पार्नुभएको थियो ।
संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्व ध्यान दिवस शनिबार नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाएका हुन् । डिसेम्बर ६, २०२४ मा राष्ट्रससंको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो ।






