एनपीएलमा सट्टे्बाजीको आरोपमा दुई भारतीय पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टे्बाजी गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको उत्तरप्रदेशको आग्रा सिकान्द्रा पञ्चायत घर भइ टोखा ग्राण्डी बस्ने ४७ वर्षीय हरिस जावा र सोही ठाउँ घर भएका ३८ वर्षीय ऋषि मातन छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार पक्राउ गरेको हो । शनिबार मात्रै सम्पन्न भएको खेलमा उनीहरूले सट्टेबाजी खेलाएको आरोप छ ।

उनीहरूबाट प्रहरीले ५ थान मोबाइल, १ थान ल्यापटप, ८ थान सीम, राहदानी, आधार कार्ड, भोटिङ कार्ड समेत बरामद गरेको छ । पक्राउ परेकाहरूविरुद्ध सट्टेबाजी खेलाउन नहुने कसुरमा कारवाही हुने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताउनुभयो ।

Previous articleजानकीमा सातौं राष्ट्रपति रनिङ शिल्ड सुरु
Next articleहोलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको परीक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here