जबरजस्ती करणीका आरोपी पक्राउ

नेपालगन्ज । बाँकेमा जबरजस्ती करणीका एक आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कर्यालय बाँकेले जबरजस्ती करणीका आरोपी खजुरा २ का राम बहादुर सुनारलाई पक्राउ गरेको हो ।

खजुरा घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ४५ वर्षीय सुनार हालसम्म फरार रहेका थिए ।

बाँके जिल्ला अदालतले जबरजस्ती करणीको आरोपमा फैसला गर्दै सुनारलाई ७ वर्ष १० महिना २४ दिनको सजाय र ३ लाख जरिवाना सुनाएको थियो ।

जिल्ला प्रहरीका कार्यालयका अनुसार हालसम्म फरार सुनारलाई अदालतमा बुझाईएको छ ।

Previous articleलागूऔषध चरेससहित तीन जना पक्राउ
Next articleसय बढी हतियार बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here