
काठमाडौं । प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ ।
लमजुङका प्रहरी प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको हो ।
२२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल पनि बरामद गरिएको छ ।
उहाँका अनुसार दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् ।
जिल्लाका विभिन्न स्थानबाट यी हतियार बरामद गरिएको प्रमुख श्रीवास्तवले जानकारी दिनुभयो ।





