अटोटेम्पो तथा इ-रिक्सा व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न

नेपालगञ्ज । अटोटेम्पो तथा इ-रिक्सा व्यवसायी संघ बाँकेले प्रथम साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न गरेको छ ।

छोटो समयमा आफुलाई सक्रिय बनाउँदै गएको संघले नेपालगन्जमा एक कार्यक्रम गर्दै लुम्बिनी प्रदेशका निवर्तमान मन्त्रीको विशेष उपस्थितिमा प्रथम साधारणसभा प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको थियो ।

साधारण सभा तथा अधिवेशनलाई लुम्बिनी प्रदेश सभा सदस्य एवं निवर्तमान वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य कुर्मीले रिक्सा व्यवसायी एवं चालकहरु एकजुट भएर अघि बढ्न अनुरोध गर्नुभयो ।

उहाँले रिक्सा संचालन गर्न पनि थुप्रै चुनौतीहरु रहेको भन्दै सांसद कुर्मीले यसमा आवद्ध व्यक्तिहरु आफुलाई सुरक्षित बनाउनका लागि स्वयं आफै पनि सजग हुनुपर्नेमा जोड दिनुभयो ।

‘पछिल्लो समय नेपालगन्जमा रिक्सा चालक तथा व्यवसायीहरुले आन्दोलन गरेको सुनेको छु ।,’ सांसद कुर्मीले भन्नुभयो, ‘कतिपय कुराहरु नीति नियमभित्र रहनुपर्छ भने कतिपय कुरा अनावश्यक भएको पनि हुन सक्छ, त्यसकारण आन्दोलन भएपछि समस्या समाधान हुन्छ भन्ने पनि हुँदैन, यसका लागि स्थानीय सरकारले पनि आन्दोलन नहोस भन्ने सोच्न जरुरी छ ।’

आफ्नो सामानको सबै कागजपत्र आफूले सुरक्षित राखेपछि आफैलाई सुरक्षा हुने भन्दै सांसद कुर्मीले व्यवसायीहरु पनि यस्ता कुरामा सबैलाई ध्यान दिन आग्रह गर्नुपर्ने बताउनुभयो । यसका साथै उहाँले बाटोमा अटोरिक्सा संचालन गर्दा सुरक्षालाई ध्यान दिएर चलाउने र अन्यलाई पनि नोक्सानी नहुने गरी सोच्न चालकहरुलाई अनुरोध गर्नुभयो ।

संघका अध्यक्ष धिरज प्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गोबिन्द प्रसाद रेग्मीले व्यवसायी संघले सबैको सुरक्षा कसरी हुन्छ त्यसमा ध्यान दिन चालकहरु सिकाउन आवश्यक रहेको कुरामा जोड दिनुभयो । उहाँले जिल्लामा अटोरिक्सा संचालन तथा व्यवस्थापनमा अग्रणी भूमिका निर्वाह गर्न संघलाई आग्रह गर्नुभयो ।

संघका उप-महासचिव एजाज बाबु जोलाहले स्वागत मन्तब्य राख्नुभएको थियो भने कोषाध्यक्ष नरेन्द्र बहादुर चन्दले आर्थिक हिसाबकिताब प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत नरेन्द्र नाथ योगी, चलचित्र पत्रकार संघका बाँकेका अध्यक्ष रामचन्द्र पौडेललगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Previous articleडुडुवाको १७ औं गाउँसभा सम्पन्न, चार जना सम्मानित
Next articleभारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here