भारतमा अन्तर्राष्ट्रिय अवधी सम्मेलन, अवधी भाषाको विकासमा जोड

अयोध्या (भारत) । अवधी भाषाको विकास तथा संरक्षण सम्बद्र्धनका लागि नेपाल भारतका पत्रकारहरुले जोड दिएका छन ।

विश्व हिन्दी दिवसको अवसरमा भारतको अयोध्यामा अवधी पत्रकार संघ नेपाल र नेपाल भारत अवधी परिषदद्वारा संयुक्त रुपमा आयोजित अन्र्तराष्ट्रिय अवधी सम्मेलनमा प्राचिनकालदेखिको इतिहास बोकेको अवधी भाषाको विकास संरक्षण तथा सम्बद्र्धनका लागि सबैको भुमिका महत्वपुर्ण रहेको बताइएको थियो ।

कार्यक्रमका सहभागी दुई देशका पत्रकारले अवधी भाषा, कला संस्कृतिको जर्गेनाका लागि अवधी भाषामा विद्यावारिधी तहसम्म विश्वविद्यालयमा पढाईको कक्षा सञ्चालन गर्नुपर्ने माग गर्दै नेपाल र भारतका विश्वविद्यालयमा अवधी भाषाको उच्च शिक्षाको पढाईको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

भारतको उत्तर प्रदेश र नेपालको पश्चिम क्षेत्रमा बोलिने अवधी भाषाको छुट्टै पहिचान रहेकाले यो क्षेत्र अवध क्षेत्रका रुपमा पहिचान बनाएकाले अवधीको विरासतलाई उच्च स्थानमा पुर्याउनुपर्ने सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा डा.राममनोहर अवध विश्वविद्यालय अवधी भाषा, साहित्य र संस्कृति विभागका प्रमुख सुरेन्द्र मिश्रले अवधी नेपाल र भारतविचको सम्वन्ध सदियोदेखि भएकाले अवधी भाषालाई शैक्षिक रुपमा विकास गर्न विश्वविद्यालयले विशेष योजना बनाएको भन्दै अवधी विश्वविद्यालयमा अवधीको पाठ्यक्रममार्फत स्नातक तहसम्म अवधीको पढाईको तयारी गरिने प्रतिबद्धता गर्नुभयो ।

विश्वविद्यालय अवधी भाषा, साहित्य र संस्कृति विभागका प्राध्यापक प्रत्याशा मिश्रले अवधी भारत र नेपालका अधिकाँस क्षेत्र अवधी भाषी क्षेत्र भएकाले अवधी विषयको पढाईलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनमा अवधी पत्रकार संघ नेपालका सल्लाहकार नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्र प्रमुख विजय बर्मा, अर्का सल्लाहकार आलोक तिवारी, संस्थापक अध्यक्ष सुर्यलाल यादव, भारत नेपाल अवधी परिषदका सचिव प्रदिप सारङ्ग, साहित्यकार विजय शुक्ला, साहित्यकार नगेन्द्रप्रताप सिंह लगायतले आ-आफ्नो साहित्यिक रचना बाचन गर्दै धारणा व्यक्त गर्नुभएको थियो ।

अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल र भारतका पत्रकार तथा अवधी साहित्यकारहरुको सहभागिता रहेको थियो ।

Previous articleअटोटेम्पो तथा इ-रिक्सा व्यवसायी संघको प्रथम साधारण सभा सम्पन्न
Next articleस्वस्थानी व्रत कथा आजबाट सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here