
नेपालगन्ज । दाङको घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जे खोला नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा घोराही वडा नम्बर १४ का ४० वर्षीय बहरेलाल सुनार र ४५ वर्षीया नरमकुमारी सुनार रहनुभएको छ ।
घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये मोटरसाइकल चालक बहरेलालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।





