
नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यसअघिको सरकारले २०८० चैत २० गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा विदा दिने निर्णय भएको हो ।
सो निर्णय अनुसार यो वर्षको माघी तथा माघे संक्रान्तीको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।
प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक विदा रहेको छ ।





