मिथिला समाजको कार्यक्रममा २३ जनाले गरे रक्तदान

नेपालगन्ज । मिथिला सेवा समाज केन्द्रीय समितिले नेपालगन्जमा मंगलबार गरेको कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् ।

माघ संक्रान्तिको अवसरमा नेपालगन्जमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा ३ महिलासहित २३ जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रममा मिथिला सेवा समाज केन्द्रीय समिति नेपालगञ्जका कोषाध्यक्ष तथा दानबीर जग्गादाता रामचन्द्र पण्डितले रगत संकलन गर्ने प्याकेट प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सुनिल थापामगरलाई हस्तान्तरण गरी बिधिवत रुपमा उद्घाटन गुर्नभएको थियो ।

समाजका केन्द्रीय समितिका अध्यक्ष राम लोचन शाह, सचिव भरत महतोलगायतले रक्तदान गर्नुभएको छ । सेवा केन्द्र नेपालगन्जका प्रमुख रेग्मी, थापामगर, हिमाँशु मौर्या, नबीन जायसवाल, समृद्धि नकर्मी, प्रभुदयाल गोडिया, बीरेन्द्र योगीले प्राविधिकरुपमा सहयोग गर्नुभएको थियो ।

Previous articleमाघ २ गते प्रदेशभर सार्वजनिक विदा
Next articleबाँके प्रहरीद्वारा एक महिनामा ७६ लाख बढी जरिवाना असुल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here